Friday, January 30, 2015

पारस खड्का र भारतीय क्रिकेटर युवराज सिंह एउटै टिममा

१६माघ काठमान्डौं । आउँदो चैत ६ गते
दुबईमा हुन लागेको इमिरेट्स ट्वेन्टी–
ट्वेन्टी प्रतियोगितामा नेपाली क्रिकेट
कप्तान पारस खड्कासँगै भारतका युवराज
सिंहले पनि खेल्ने भएका छन् । पारस खड्कालाई
टिममा राखेको इंग्ल्याण्डको मेरिलेबोन
क्रिकेट क्लव एमसिसीले भारतीय ब्याट्सम्यान
युवराज सिंहलाई पनि टिममा थपेको छ ।
पारसलाई पनि टिममा राखिएको र
टिमको कप्तानी इंग्ल्याण्डका पूर्व कप्तान
एलिस्टर कुकले गर्ने घोषणा एमसिसीले
गएको हप्ता नै गरिसकेको थियो ।
एमसिसीको टिममा परेपछि पारसले
खुसी व्यक्त गरेका थिए । यस्तै मिचेल काबेरी र
निक कम्पटोनलाई पनि एमसिसीले
आफ्नो टिममा राखेको छ ।
एमसिसीका साथै
यो प्रतियोगितामा इंग्ल्याण्डकै लंकासायर,
योर्कसायर र ससेक्सको सहभागिता रहने छ ।
एक दिने यो प्रतियोगितामा एमसिसीले
ससेक्सविरुद्ध दोश्रो सेमिफाइनल खेल खेल्ने छ ।
पहिलो सेमिफाइनल भने लंकासायर र
योर्कसायरबीच हुने छ । सेमिफाइनल
विजेताबीच चैत ६ गते नै फाइनल खेल हुने छ